सर्लाही, १४ असाेज । लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना (जचुका) पुनः सञ्चालन गर्न युवाहरूको एक समूहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई ज्ञापनपत्र बुझाएका छन् ।
देशको महत्त्वपूर्ण उद्योगका रूपमा रहेको जचुका बन्द हुँदा किसान, मजदुर र समग्र प्रदेशको अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
ज्ञापनपत्रमा कुनै समय रोजगारी सिर्जना र स्थानीय किसानको आयस्रोतमा महत्वपूर्ण योगदान पुर्याएको जचुका सरकारी उदासीनता र राजनीतिक हस्तक्षेपका कारण बन्द हुन पुगेको उल्लेख छ । “स्पष्ट र दीर्घकालीन औद्योगिक नीतिको अभाव र बढ्दो राजनीतिक हस्तक्षेपले कारखाना सञ्चालनमा रहन सकेन,” ज्ञापनपत्रमा भनिएको छ ।
युवाहरूले कारखाना बन्द हुँदा किसानले उत्पादन बेच्न नपाएको, ग्रामीण क्षेत्रमा बेरोजगारी बढेको र किसानको जीवनस्तरमा गिरावट आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
ज्ञापनपत्रमा मधेश प्रदेश सरकारले प्रयोग गरिरहेको कारखानाको स्थल खाली गराई पुनः सञ्चालन गर्नुपर्ने, व्यावहारिक प्रक्रिया अघि बढाउन विशेष अध्ययन टोली गठन गर्नुपर्ने र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अघि बढाएको जचुकासहित ८ वटा उद्योग बेच्ने प्रक्रिया तत्काल रोक्नुपर्ने माग राखिएको छ ।
यदि कारखाना पुनः सञ्चालनमा आएमा यसले मधेश प्रदेशका हजारौँ किसानलाई आर्थिक उन्नतिमा सहयोग गर्ने, देशको कुल गार्हस्थ्य उत्पादनमा योगदान गर्ने र स्थानीय स्तरमा रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरिएको छ ।
शिव यादव, बब्लु गुप्ता, लक्ष्मी घिमिरे, रामराज पाण्डे लगायत युवाहरूको हस्ताक्षर रहेको ज्ञापनपत्रमा किसान, मजदुर र सम्पूर्ण प्रदेशको अर्थतन्त्रलाई बलियो बनाउन सरकारलाई तत्काल पहल गर्न आग्रह गरिएको छ ।
सो अवसरमा नेतृ लक्ष्मी घिमिरेले सहकारी, लघुवित्त र मिटरब्याजबाट किसान–मजदुर शोषित र उत्पीडित भएको विषय पनि उठाइएको जानकारी दिइन् । उनले भूमिहीन सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, सहकारी पीडितको बचत फिर्ता गर्नुपर्ने लगायत माग राखेको बताइन् ।
उनका अनुसार उखु किसानको अनुदान रकम वृद्धि, वीरगञ्ज औजार कारखानाको व्यवस्थापन सुदृढीकरण, जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारको अवस्था अध्ययन गरी रोजगारी उपलब्ध गराउनुपर्ने लगायतका मुद्दा पनि ज्ञापनपत्रमार्फत उठाइएको छ ।ज्ञापनपत्रमा कुनै समय रोजगारी सिर्जना र स्थानीय किसानको आयस्रोतमा महत्वपूर्ण योगदान पुर्याएको जचुका सरकारी उदासीनता र राजनीतिक हस्तक्षेपका कारण बन्द हुन पुगेको उल्लेख छ । “स्पष्ट र दीर्घकालीन औद्योगिक नीतिको अभाव र बढ्दो राजनीतिक हस्तक्षेपले कारखाना सञ्चालनमा रहन सकेन,” ज्ञापनपत्रमा भनिएको छ ।
युवाहरूले कारखाना बन्द हुँदा किसानले उत्पादन बेच्न नपाएको, ग्रामीण क्षेत्रमा बेरोजगारी बढेको र किसानको जीवनस्तरमा गिरावट आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
ज्ञापनपत्रमा मधेश प्रदेश सरकारले प्रयोग गरिरहेको कारखानाको स्थल खाली गराई पुनः सञ्चालन गर्नुपर्ने, व्यावहारिक प्रक्रिया अघि बढाउन विशेष अध्ययन टोली गठन गर्नुपर्ने र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अघि बढाएको जचुकासहित ८ वटा उद्योग बेच्ने प्रक्रिया तत्काल रोक्नुपर्ने माग राखिएको छ ।
यदि कारखाना पुनः सञ्चालनमा आएमा यसले मधेश प्रदेशका हजारौँ किसानलाई आर्थिक उन्नतिमा सहयोग गर्ने, देशको कुल गार्हस्थ्य उत्पादनमा योगदान गर्ने र स्थानीय स्तरमा रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरिएको छ ।
शिव यादव, बब्लु गुप्ता, लक्ष्मी घिमिरे, रामराज पाण्डे लगायत युवाहरूको हस्ताक्षर रहेको ज्ञापनपत्रमा किसान, मजदुर र सम्पूर्ण प्रदेशको अर्थतन्त्रलाई बलियो बनाउन सरकारलाई तत्काल पहल गर्न आग्रह गरिएको छ ।
सो अवसरमा नेतृ लक्ष्मी घिमिरेले सहकारी, लघुवित्त र मिटरब्याजबाट किसान–मजदुर शोषित र उत्पीडित भएको विषय पनि उठाइएको जानकारी दिइन् । उनले भूमिहीन सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, सहकारी पीडितको बचत फिर्ता गर्नुपर्ने लगायत माग राखेको बताइन् ।
उनका अनुसार उखु किसानको अनुदान रकम वृद्धि, वीरगञ्ज औजार कारखानाको व्यवस्थापन सुदृढीकरण, जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारको अवस्था अध्ययन गरी रोजगारी उपलब्ध गराउनुपर्ने लगायतका मुद्दा पनि ज्ञापनपत्रमार्फत उठाइएको छ ।