काठमाण्डाैं, १५ असाेज । अमेरिकाको सङ्घीय सरकारले शट डाउनको घोषणा गरेको छ । सिनेटमा लगातार भएका दुईवटा मतदानमा डेमोक्रेट र रिपब्लिकन दुवै दलले एक–अर्काको अस्थायी खर्च प्रस्तावलाई खारेज गरिदिएपछि शट डाउन लागु भएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटहरूबीचको खर्चसम्बन्धी तिक्ततापूर्ण अवस्थाका कारण संघीय सरकार शटडाउनको अबस्थामा पुगेको हो । 

मतदानमा डेमोक्र्याटको प्रस्ताव ४७–५३ मत तथा रिपब्लिकनको प्रस्ताव ५५–४५ मतले खारेज भएको छ । प्रस्ताव पास गर्न ६० मत आवश्यक पर्छ ।

दुबै पक्षको प्रस्ताव अस्वीकृत भएपछि सरकारी फन्डिङ रोकिनेछ । यसलाई नै ‘गभर्नमेन्ट शटडाउन’ भनिन्छ । यसले सरकारी काम–कारबाही ठप्प भएका छन् ।  

शटडाउनमा सरकारसँग खर्चका लागि पैसा हुँदैन । यसले गर्दा सरकारी कर्मचारीहरूले पाउने तलबदेखि लिएर अन्य सबै खर्चहरू रोकिनेछन् । तर मेडिकल सेवा, सीमा सुरक्षा र हवाई सेवा लगायतका आपतकालीन सेवाहरू जारी रहन्छन् ।

अमेरिकामा सन् १९८० पछि फन्डिङ बिल अड्किएका कारण १५ पटक शटडाउन भएको छ । ट्रम्पको अघिल्लो कार्यकालमा नै सरकारले ३ पटक शट डाउनको सामना गर्नुपरेको थियो ।

सन् २०१८ को शट डाउन सबैभन्दा लामो ३५ दिनसम्म चलेको थियो ।  सन् २०१३ मा बाराक ओबामाले पनि १६ दिनको शट डाउन भोग्नुपरेको थियो ।

त्यसअघि सन् १९९५ मा बिल क्लिन्टन राष्ट्रपति हुँदा २१ दिन शट डाउन चलेको थियो । बाँकी शट डाउन भने पाँच वा त्यो भन्दा कम दिन मात्रै चलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *