सर्लाही, १७ असाेज । आजदेखि सोमवारसम्म मनसुनी गतिविधि सक्रिय भएकाले नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय काठमाण्डौले अनुरोध गरेको छ । प्रशासन कार्यालयले सूचना निकालेर सकेसम्म लामो दुरीको यात्रा नगर्न आग्रह गरेको हो ।
जिल्लामा भारी वर्षा हुने र यसबाट जोखिमयुक्त ठाउँहरुमा बाढी, पहिरो, भू–क्षय जस्ता विपद्जन्य घटनाहरु घट्न सक्ने सम्भावना रहेको भन्दै अत्यन्त जरुरी नभई सकेसम्म लामो दुरीको यात्रा नगर्न, काठमाण्डौबाट बाहिर जाने र प्रवेश गर्नेहरुले रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।
कार्यालयले सम्भावित वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने विपद् बाट जोगिन भन्दै रातको समयमा यात्रा नगर्न भनेको हो ।
