सर्लाही, १७ असाेज । सिरहा प्रशासनले सरकारी सवारीसाधन विदा अवधिमा पनि प्रयोग गर्नपर्ने भए अनुमति लिएर मात्रै चलाउन आग्रह गरेको छ ।
जिल्लामा सरकारी गाडीको दुरुपयोग बढेपछि जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा अनुमति विना सवारीसाधन प्रयोग गरेको खण्डमा कर्मचारी र कार्यालय प्रमुख स्वयं जिम्मेवार हुने र कानूनी कारबाही हुने उल्लेख छ ।
सरकारी विदाका अवधिमा पनि सम्बन्धित सरकारी कार्यालयको अत्यावश्यक कामका लागि गाडी चाहिने भए मात्रै सवारी पास अनुमति उपलब्ध गराइने सिरहा प्रशासनले जनाएको छ ।