सर्लाही, १७ असाेज । अमेरिकी उद्योगपति एलन मस्कको सम्पत्ति पाँच खर्ब डलर नाघेको छ । फोर्ब्स इन्डेक्स अनुसार मस्कको कुल सम्पत्ति पाँच खर्ब डलर नाघेको बीबीसीले जनाएको छ ।
योसँगै मस्क पाँच खर्ब सम्पत्ति कमाउने बिश्वकै पहिलो व्यक्ति बन्नुभएको छ । फोर्ब्स इन्डेक्सका अनुसार आज मस्कको कुल सम्पत्ति पाँच खर्ब डलर पुगेको छ ।
मस्कका कम्पनीहरु टेस्ला, एक्सआई र स्पेसएक्सको शेयरमूल्य बढेसँगै मस्कको सम्पत्ति बढेको हो । टेस्लाको शेयरमुल्य बुधबार तीन दशमलव ३ प्रतिशतले बढेको थियो ।
टेस्लामा मस्कको १४ प्रतिशत शेयर छ । मस्कले पछिल्लो एक महिनामा मात्रै टेस्लाको झन्डै एक अर्ब डलरको शेयर किन्नुभएको थियो ।
बिद्युतीय गाडीको उत्पादनमा चीनको बीवाईडी लगायतले कडा टक्कर दिइरहेको बेला पनि मस्कले टेस्लाको थप शेयर खरिद गर्दै कम्पनीलाई विस्तारको काम गरिरहनुभएको छ ।