सर्लाही, १८ असाेज । खोटाङमा चट्याङ पर्दा दुईजना घाइते भएका छन् ।
रावाबेशी गाउँपालिका-३ लामिडाँडाका ११ वर्षीय मन्दिप तिमल्सिना र बराहपोखरी गाउँपालिका-१ बराहपोखरी दुईघरेका २५ वर्षीय दीपक आले मगर चट्याङका कारण घाइते भएका छन् ।
राईलाई घरबाट अर्खौले जाने क्रममा शनिबार बिहान ८ बजेर २० मिनेट जाँदा अखौलेस्थित सल्लेघारीमा चट्याङ लाग्दा खुट्टा र हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको र उनलाई जिल्ला अस्पताल दिक्तेल उपचारमा पठाइएको प्रहरीले जनाएको छ ।
उता मगरलाई शनिबार बिहानको खाना खान बसेको अवस्थामा चट्याङ लागेको बताइएको छ । उनको अवस्था गम्भीर रहेको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले बताउनुभयाे ।
घाइतेलाई एम्बुलेन्समा राखेर धरान वा विराटनगर उपचारमा लाने तयारी भइरहे पनि अविरल वर्षातका कारण चाडैं उद्धार गर्न समस्या भएको छ । हवाई उद्धार तथा सडकबाट लैजान पनि मौसमका कारण असहज स्थिति भएको जनाइएको छ ।