सर्लाही, १८ असाेज । खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुंगा चेकपोस्टबाट बाहिरिन लागेका २५० सवारीसाधनलाई काठमााडैँतर्फ नै फर्काएको छ।

धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारीसाधनलाई काठमाडौँ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए। 

आज बिहानदेखि नै नागढुंगा–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको उनले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *