सर्लाही, १८ असाेज । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् । 

शनिबार सिंहदरबारमा मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री घिसिङले मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेकाले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न निर्देशन दिइएको जानकारी दिए । 

शनिबार रातीदेखि आइतबार बिहानसम्म उपत्यका लगाएतका स्थानमा धेरै जोखिम रहेकाले उपत्यकाका नदि किनारका बस्तीमा नबस्न आग्रह गरिएको भन्दै उहाले विपद् प्रतिकार्य टोलीलाई पनि सक्रिय बनाइएको बताए । बाढि र पहिरोका कारण भौतिक संरचनालाई धेरै क्षति हुन नदिने गरि व्यवस्थापन गरिएको उनले बताए ।

उनले राजमार्गमा कुनै समस्या देखिए तत्काल समाधान गर्न निर्देशन दिइएको उल्लेख गरे । बढि डुवान हुने क्षेत्रमा पनि विपद् प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ । 

उनले नदि किनारमा रहेका आयोजनाका सामाग्रीलाई सुरक्षित स्थानमा सार्ने काम भएको बताए । बिपद् व्यवस्थापनका लागि मन्त्री घिसिङले सडक, सिंचाई र मौसम विभागका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् ।

जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि आइतबार बिहानसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबारबाट मौसम क्रमश सुधार हुँदै जाने बिभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *