काठमाडौँ, २० असाेज । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शक्ति र नियन्त्रण त्याग्न अस्वीकार गर्‍यो भने हमास ध्वस्त हुने चेतावनी दिएका छन् । 

उनले अमेरिकी समाचार च्यानल सीएनएनसँगको अन्तर्वार्तामा उक्त चेतावनी दिएका हुन् ।

शनिबार सीएनएनका जेक ट्यापरले ट्रम्पलाई टेक्स्ट सन्देशमार्फत सोधे- यदि हमास सत्तामा रहिरह्यो भने के हुन्छ ?

राष्ट्रपति ट्रम्ले जवाफ दिए, ‘पूर्ण रूपमा ध्वस्त !’

यस क्रममा उनले हमास साँच्चै शान्ति चाहन्छ कि चाहँदैन भनेर चाँडै स्पष्ट हुने पनि बताए । 

ट्रम्पले थप भने, ‘म आशा गर्छु- मेरो युद्धविराम प्रस्ताव वास्तविकतामा परिणत हुनेछ ।’

यसअघि शनिबार उनले इजरायलले आफूले तयार पारेको युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *