सर्लाही, २० असाेज । सर्लाहीको कौडेना गाउँपालिका अन्तर्गत शिवनगर र छपकैयामा बाढीबाट प्रभावित परिवारहरूलाई नेपाल प्रहरीले राहत वितरण गरेको छ ।

नेपाल प्रहरीको पहलमा आइतबार अपराह्न जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय कौडेनाबाट खटिएको टोलीले राहत वितरण गरेको हो ।

कौडेना गाउँपालिका वडा नं. ७, शिवनगरमा १३७ घरधुरी परिवारलाई प्रति घरधुरी २.५ के.जी. चिउरा, चिनी र दालमोठ वितरण गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कौडेना गाउँपालिका वडा नं. ५, छपकैयामा ५८ घरधुरीलाई प्रति घरधुरी ५ के.जी. चिउरा, ४ पिस चाउचाउ, ४ पिस बिस्कुट, १ बोतल पानी, १ प्याकेट दालमोठ र १ प्याकेट भुजा वितरण गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नेपाल प्रहरीले बाढीपीडितहरूको तात्कालिक सहयोगका लागि राहत वितरणका साथै सुरक्षात्मक र उद्धार कार्य निरन्तर जारी रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *