सर्लाही, २१ असाेज । जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न नमिल्ने बताएपछि आफ्नो समूहले ‘सडकबाटै देखाइदिन्छौँ’ भनेर धम्की दिएको समाचार झुटो भएको सुदन गुरुङले बताएका छन् । 

उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘नक्कली समाचार चेतावनी: यो सत्य होइन र हाम्रो आधिकारिक च्यानलबाट प्रमाणित समाचार मात्र विश्वास गर्नुहोस् : सडकबाटै देखाइदिन्छौँ’ भन्दै सुदन गुरुङको टिमले धम्की दिएपछि काठमाडौं उपत्यका प्रहरी परिसरले सुरक्षाको कारण देखाउँदै सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई फिर्ता बोलाएको छ ।’

यद्यपि जेनजी आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर बालबालिका/युवाको हत्या गरेको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न जेनजी टोलीले सरकारलाई दबाब दिइरहेको छ। सुदन गुरुङले सामाजिक सञ्जालमा पनि ओली र लेखकलाई गिरफ्तार गर भन्ने अभियान चलाइरहेका छन् ।

तर त्यसरी सडकबाटै देखाइदिने धम्की दिएको भनी गरिएको हल्ला भने सत्य नभएको गुरुङले बताएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *