सर्लाही, २२ असाेज । नेपाल वायु सेवा निगमले असोज १८ देखि २१ गतेसम्म उड्न नसकेका यात्रुलाई टिकटको मिति परिवर्तन गर्न दिने भएको छ ।

हालै देशभर निरन्तर भइरहेको वर्षा, बाढी र पहिरोका कारण सडक तथा हवाई यातायात अवरुद्ध बनेपछि निगमले यस्तो व्यवस्था गरेको हो ।

निगमले जारी गरेको सूचनाअनुसार उक्त अवधिभित्र उडान गर्न नसकेका यात्रुहरूले कात्तिक १४ गतेसम्म मिति परिवर्तन गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *