सर्लाही, २२ असाेज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज राजिनामा दिने भएका छन् ।
आज बेलुका ४ बजे क्याबिनेटकको बैठक बसे पश्चात मुख्यमन्त्री सिंहले राजिनामा दिने बताइएको छ ।
यता, मधेश प्रदेश सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएको छ । एमालेको समर्थन फिर्तासँगै मधेश प्रदेश सरकार अल्पमतमा परेको छ ।
एमाले नयाँ सरकार गठनको तयारीमा लागेको छ । सम्भावित गठबन्धनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूसँग छलफल अघि बढाइएको बताइएको छ ।
