सर्लाही, २२ असाेज । सामाजिक सञ्जाल फेसबुकमार्फत स्याङ्जावासी र स्याङ्जा प्रहरीविरुद्ध अनर्गल, झुटो र कपोलकल्पित सामग्रीहरू पोस्ट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार ‘पुष्पक’ नामको फेसबुक पेज सञ्चालन गरी फोटोसहित आपत्तिजनक विवरण पोस्ट गर्ने पुष्पक थापालाई पक्राउ गरिएको हो । ३३ वर्षीय थापा कास्कीको पोखरा महानगरपालिका वडा नं. ९ को बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक कमल नेपालीले थापालाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताए ।
