सर्लाही, २२ असाेज । प्रविधि जगतको दिग्गज कम्पनी गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीको सुरक्षालाई थप मजबूत बनाउनका लागि एक नयाँ एआई बग बाउन्टी कार्यक्रम सुरुवात गरेको छ ।

यस अन्तर्गत यदि कोही शोधकर्ता वा विज्ञले गुगलका एआई टूलहरूमा गम्भीर सुरक्षा त्रुटि फेला पारेमा ३० हजार अमेरिकी डलरसम्म पुरस्कार प्राप्त गर्नेछन् ।

गुगलका अनुसार यो कार्यक्रम केवल वास्तविक सुरक्षा जोखिमहरुमा केन्द्रित छ । अर्थात् यस्ता खालका विषयमा, जहाँ कुनैपनि ह्याकरले एआई प्रणालीलाई गुमराहमा राखेर निजी डेटा लिक गराउने वा स्मार्ट डिभाइसहरूलाई नियन्त्रण गर्न पुग्दछ ।

उदाहरणका लागि यदि कुनै ह्याकरले एआई असिस्टेन्टलाई इमेलको समरी बनाएर कुनै अकाउन्टमा पठाउने वा स्मार्ट सिस्टमबाट कुनै घरको ढोका खोल्नका लागि आदेश दिन्छ र त्यसमा सफल पनि हुन्छ भने त्यो एक गम्भीर सुरक्षा त्रुटि मानिनेछ ।

यद्यपि यदि कुनै प्रयोगकर्ताले केवल एआई मोडेललाई कुनै गलत वा अनुचित कुरा गर्न बाध्य पार्दछ भने त्यसलाई बग मानिनेछैन। यस्ता विषयलाई गुगलले आफ्नो सामान्य सुरक्षा पृष्ठापोषण टिमको माध्यमबाट हेर्दछ ।

यी प्रडक्ट खोज्नुपर्नेछ बग

समाचार अनुसार गुगलका जिमेल, गुगल ड्राइभ, जेमिनाई एप तथा गुगल सर्चजस्ता फ्लागसीप प्रडक्टमा फेला पर्ने गम्भीर बगहरुका लागि सबैभन्दा ठूलो पुरस्कार प्रदान गरिनेछ । त्यस्तै ल्यतभदययपीः तथा व्गभिक जस्ता अन्य टूलहरुमा फेला पर्ने सानातिना त्रुटिहरूमा चाहीँ अपेक्षाकृत रुपमा कम पुरस्कार पाइनेछ ।

स्मरण रहोस् गुगलले एआई सुरक्षा सम्बन्धी त्रुटी पत्ता लगाउनेहरुलाई केहीवर्ष यता गरी कूल ४ लाख डलर पुरस्कार दिइसकेको छ ।

एआई सेक्योरिटी तथा बग हंटिङ्गका पारखीहरूका लागि गुगलको यो कार्यक्रम निकै फलदायी मौका सावित हुनसक्छ । यसबाट एकातर्फ गुगलको प्रणाली थप सुरक्षित हुनेछ भने अर्कोतर्फ प्रविधि शोधकर्ताहरुका लागि लाखौँ रुपैयाँ कमाउने वैधानिक तथा सम्मानजनक बाटो खुल्नेछ ।-एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *