सर्लाही, २३ असाेज । एमाले अध्यक्ष केपी ओलीले आज भक्तपुरमा विशेष भेटघाट गर्दैछन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्न विशेष भेटघाट गर्न लागेका एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।
एमाले भक्तपुरको आयोजनामा तिथली चोक, गुण्डुमा हुने कार्यक्रममा भक्तपुरका एमाले कार्यकर्तासँगै अन्य केन्द्रीय नेताहरु पनि सहभागी हुने एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिए ।
‘समसामयिक राजनीतिक विषयमा अध्यक्षज्यूले मन्तव्य दिनेसहितको कार्यक्रम तय भएको छ,’ उनले नेपालखबरसँग भने, ‘दसैँ, तिहारसहितका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम राखिएको हो ।’
जेनजी आन्दोलनपछि राजीनामा दिएका ओली अहिले गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् ।
पार्टी नेतृत्व छाड्न उनलाई पार्टी भित्रैबाट दबाब बढ्दै गए पनि उनले नेतृत्व नछाड्ने आडप्रदेश र जिल्लाका नेतासँग ओली नेतृत्व छाड्दिनँ, प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ ।
