सर्लाही, २३ असाेज । बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई बम्बई उच्च अदालतले विदेश भ्रमणको अनुमति दिन अस्वीकार गरेको छ । अदालतले उनी र उनका पति राज कुन्द्रालाई समेत विदेश भ्रमण गर्न राेकेकाे हाे ।

शिल्पा दम्पतीविरुद्ध ६० करोड भारुको ठगी आरोपमा एफआइआर दर्ता भएका कारण उच्चले उनीहरूलाई विदेश भ्रमण पहिले ६० करोड भारतीय रुपैयाँ जम्मा गर्न भनेको छ ।

अदालतको आर्थिक अपराध शाखाले उनीहरू दुवै विरुद्ध ‘लुकआउट सर्कुलर (एलओसी)’ समेत जारी गरेको छ । जसको कारण उनीहरू अदालतको अनुमति बिना विदेश भ्रमण गर्न सक्दैनन् ।

शिल्पाका वकिलले अदालतमा अभिनेत्रीलाई एक युट्युब कार्यक्रमका लागि कोलम्बो जान परेको जानकारी गराएका थिए । कार्यक्रममा २५ देखि २९ अक्टोबर आयोजना भनिएको थियो ।

अदालतले वकिलसँग निमन्त्रणा समेत मागेको थियो । वकिलले जबसम्म यात्राको अनुमति मिल्दैन निमन्त्रणा पनि पठाउँदैनन् भन्ने जानकारी गराएका थिए ।

यस विषयमा अदालतले शिल्पा दम्पतीले पहिले ६० करोड भारु अदालतमा जम्मा गर्नु, त्यसपछि यस विषयमा बिचार गरिन्छ भनेको थियो । शिल्पा दम्पतीको मुद्दाको १४ अक्टोबरमा सुनुवाइ रहेको छ ।  

केही अगाडि दीपक कोठारी, लोटस क्यापिटल फाइनान्सियल सर्भिसेज लिमिटेडका निर्देशक लगायतले शिल्पा शेट्टी र राज कुन्द्राविरूद्ध ६० करोड भारुभन्दा बढी ठगी गरेको उजुरी दर्ता गराएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *