सर्लाही, २३ असाेज । एमाले महासचिव शंकर पोखरेलले सरकारले राजनीतिक दलहरूलाई साइड लगाएर असोज १८ पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको जस्तै चुनाव गर्न खोजेको आरोप लगाएका छन् ।
‘जबर्जस्ती गरिने चुनाव असोज १८ पछि पूर्व राजाले गरेको नाटक जस्तै हुन्छ’ उनले भक्तपुरमा आयोजित एमालेको कार्यक्रममा उनले भने,’ जबसम्म राजनीतिक वातावरण बन्दैन तबसम्म चुनाव भयो भयो त्यसले मान्यता पाउँदैन ।’
उनले चुनावका लागि सबैभन्दा पहिलो जिम्मेवारी शान्ति सुरक्षाको वातवरण बनाउनुपर्ने बताए । ‘प्रहरीले शान्ति सुरक्षाको सम्पूर्ण जिम्मा निलँदासम्म चुनाव हुन सक्दैन’ उनले भने,’ चुनावका लागि सुरक्षा निकायको मनोबल उठाउनु पर्छ अनि दलहरु दलहरुको विश्वास जित्नुपर्छ ।’
उनले भूमिगत गिरोहलाई ल्याउन राजनीतिक दललाई साइड लगाएर ज्ञानेन्द्र शाहको जस्तो चुनाव गराउन खोज्दैछ ।
‘यो सरकार चुनाव गराउन चाहन्छ भन्ने भ्रम मात्र हो’ उनले भने ।
