सर्लाही, २३ असाेज । नेपाल बैंक लिमिटेडको सञ्चालकमा महेश भट्टराई नियुक्त भएका छन् । भट्टराई अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा बैंकको सञ्चालक नियुक्त भएका हुन् ।
उनी अर्थ मन्त्रालयको सहसचिव समेत हुन् । उनले असोज २२ गते सञ्चालक समितिको अध्यक्षमार्फत पद तथा गोपनियताको शपथ ग्रहण समेत गरिसकेका छन् ।
