सर्लाही, २३ असाेज । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले बेलैमा पहलकदमी नलिने हो भने पार्टीभित्र आगो सल्कने कुरामा गम्भीर बन्न नेताहरूलाई आग्रह गरेका छन् ।

बिहीबार विहान आफ्नै निवास पुगेका उपसभापति पूर्णबहादुर खड्कासहित ९ जना बढी केन्द्रीय सदस्यसँग सिटौलाले पार्टीको विशेष महाधिवेशन माग्दै भइरहेको हस्ताक्षर संकलनले पार्टी विभाजन हुने खतरा रहेको बताए ।

‘अहिले जेनजीको नाममा नेताको घरमा त आगो लाग्यो अब पार्टीमा र संगठन पनि आगो लाग्छ,’ सिटौलाले नेताहरूसँग भने, ‘कम्तीमा संगठनमा चाहिँ आगो लगाउने काम कसैले नगरौँ भन्ने आसय हो ।’

अहिले दुई जना महामन्त्रीले हस्ताक्षर अभियान चलाइरहेको भन्दै यसले पार्टी विभाजनतिर जाने उनको जिकिर छ । ‘अहिले दुईजना महामन्त्रीले हस्ताक्षर अभियान पनि चलाइरहेका छन्, यो हस्ताक्षर अभियानले पार्टीलाई फुट्नेस्थितिसम्म पु¥याइदिन सक्छ,’ सिटौलाको भनाइ छ, ‘जहाँ हस्ताक्षर अभियान गर्ने र नगर्ने भइसकेपछि त गर्ने एकातिर, नगर्ने अर्काेतिर हुन्छ। यसैपनि हाम्रो पार्टीभित्र चुनावमा अन्तर्घात त हुने गरेकै छ ।’

आजै बस्न लागेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा महामन्त्रीद्वयले विशेष महाधिवेशनको प्रस्ताव लैजाने तयारी गरिरहेको सूचना पाएपछि सिटौलाले नेताहरुसँग छलफल गरेका हुन् । 

अहिले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा माग गर्ने कुरा पनि न्यायसंगत नभएको उनको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *