सर्लाही, २३ असाेज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमा सरकारी दमनमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदन अस्वीकार्य हुने बताएका छन् ।

भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा ओलीले यो आयोग र त्यसले तयार पार्ने प्रतिवेदन नस्वीकार्ने बताएका हुन् । ‘पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनको आधारमा अगाडि बढे भन्ने नाटक गर्ने’, ओलीले भने, ‘यस्ता नाटक नेकपा एमालेलाई मञ्जुर छैन । स्वीकार्य छैन ।’

सरकारले २३ भदौको जेनजी विद्रोहमाथि सरकारी दमनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ । जेनजी विद्रोहका क्रममा कार्कीले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले नेताहरुले असन्तुष्टि जनाइरहेका छन् ।

‘तर तपाईंहरुले बुझ्नुस् नेकपा एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन । किनकि आयोगमा राखिनु, बस्नुभन्दा अगाडिको प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनु पर्दैनथियो । एउटा मान्छे अहिलेको अहिले विरोधीबाट निष्पक्ष हुन संभव छ ?’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *