सर्लाही, २७ असाेज । ललितपुर महानगरपालिकाले पोलमा विज्ञापनको पर्चा टाँसेर फोहोर गरेको भन्दै एक कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगरपालिकाले एग्रो थाई फुड प्राइभेट लिमिटेडलाई आइतबार १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

सो कम्पनीबाट उत्पादित इनर्जी ड्रिङ्कको विज्ञापनको पर्चा सडक किनारको पोलमा टाँसिएको थियो ।

ललितपुर महानगरपालिकाले जरिबानासहित काटेको रसिदमा ‘अनाधिकृत विज्ञापन’ लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *