सर्लाही, २७ असाेज । अब वैदेशिक रोजगारमा जाने व्यक्तिको विवरण राष्ट्रिय परिचयपत्र प्रणाली (NIDMIS) सँग जोडिएको छ । यससँगै अभिमूखीकरण तालिम लिने क्रममा अब वास्तविक व्यक्ति नै उपस्थित हुनुपर्ने व्यवस्था लागू भएको छ ।

पहिले अभिमूखीकरण तालिममा अरू व्यक्तिले बायोमेट्रिक प्रविष्ट गर्ने वा राहदानीधारी व्यक्ति स्वयं उपस्थित नहुने समस्या रहेको थियो ।

अब भने वैदेशिक रोजगार सूचना व्यववैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार अब अभिमूखीकरण तालिममा सहभागी हुन चाहनेले राष्ट्रिय परिचयपत्रमा आवद्ध भई उपस्थित हुनैपर्नेछ। व्यक्ति पहिचान भएपछि मात्र तालिमको ब्याच हाल्न पाइनेछ ।

यो प्रणाली आगामी असोज २९ गतेदेखि अनिवार्य लागू हुने भएको छ । सुरुमा अभिमूखीकरण तालिममा मात्र यो प्रणाली प्रयोग हुने भएपनि पछि क्रमशः श्रम स्वीकृति, स्वास्थ्य परीक्षण र अध्यागमन प्रक्रियामा पनि जोड्ने तयारी भइरहेको विभागले जनाएको छ ।

स्थापन प्रणाली (FEIMS) लाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीसँग जोडिएपछि यस्तो अनियमितता रोकिने विभागले जनाएको छ ।

यस प्रणालीले वैदेशिक रोजगारमा जाने व्यक्तिको तथ्याङ्क एकीकृत गर्न, उनीहरूलाई आवश्यक जानकारी र तयारी गराउन, तथा रोजगार प्रक्रियालाई अझ सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *