सर्लाही, २७ असोज । मोरङको कटहरीमा महिलाले पतिको गोप्य अ‌ंग काटिदिएकी छन् । 

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार आपसी विवादका क्रममा कटहरी गाउँपालिका-२ मा पत्नीले ३२ वर्षीय कामत थरका पुरुष (गोप्यताका लागि नाम नखुलाइएको) को लिंग धारिलो हतियारले काटिदिएकी हुन् । 

सोमबार राति दुई जनाबीच विवाद हुँदा ३० वर्षकी पत्नीले उनको लिंगमा धारिलो हतियारले प्रहार गरेको मोरङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । 

‘धारिलो हतियारले पुरुषको गोप्य अंग आधा छिनेको छ’, डीएसपी चुँडालले मंगलबार बिहान भनिन्, ‘उनको अहिले कोसी अस्पतालमा उपचार भइरहेको छ भने महिलालाई नियन्त्रणमा लिएर घटना अनुसन्धान थालेका छौँ ।’

मोरङकै जहदा गाउँपालिका-३ का बासिन्दा उनीहरू कटहरी गाउँपालिका-२ मा डेरामा बस्थे । 

झगडाको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *