सर्लाही, २९ असाेज । जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिने बताएका छन् ।
आज वीरगन्जमा जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका यादवले आगामी चुनावमा भाग लिन जसपा तयार रहेको बताएका हुन् ।
उनले भने, ʻअहिलेको अन्तरिम सरकार चुनाव गराउनकै लागि बनेको हो । त्यसैले सरकार इमानदार भएर तोकिएकै मितिमा चुनाव गराओस्, जसपा चुनावमा भाग लिन तयार छ ।ʼ
पूर्वमन्त्री यादवले जेनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा चुनाव गर्ने वातावरण बनाउन लाग्नुपर्नेमा जोड दिए ।
उनले चुनावको तयारीमा लाग्न जसपाका नेताकार्यकर्तालाई निर्देशन पनि दिए ।
