सर्लाही, २९ असाेज । स्वास्थ्य बीमा बोर्डले कडा खालका रोगका लागि एक पटक गइसकेको अस्पतालमा ‘फलोअप’ गराउँदा फेरि रिफर आवश्यक नपर्ने जनाएको छ ।

बोर्डले बीमित व्यक्ति प्रथम सेवा विन्दुको सेवा अपुग भई रिफरल केन्द्रमा जाँदा विभिन्न समस्या पर्ने भएकाले रिफर गर्नु नपर्ने व्यवस्था गरेको हो ।

बोर्डका उपसचिव पुण्यमाया गुरागाईंले एक पटक प्रथम सेवा विन्दुबाट रिफर गरिसकेको बिरामीलाई पुनः रिफर आवश्यक नभएको र सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई यसबारेमा पत्राचार गरिसकेको विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

बोर्डले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल, एनिमिया, पार्किन्सन, अल्जाइमर जस्ता कडा रोग लागेका बिरामीलाई एक पटक रिफर गरिसकेको अवस्थामा त्यही अस्पतालमा उपचार गर्न जाँदा फेरि रिफर आवश्यक नपर्ने जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *