सर्लाही, २९ असाेज । जनमत पार्टी विभाजनपछि नेताहरूले जनस्वराज पार्टीमा सनाखत गर्ने क्रममा जनकपुरधाममा झडप भएको छ । मुख्यमन्त्रीबाट राजीनामा दिएका सतीशकुमार सिंह जनमत त्यागी जनस्वराज पार्टीको पक्षमा सनाखत गर्न जाने क्रममा कार्यकर्ताले विरोध गर्दा झडप भएको हो । 

कार्यकर्ताहरूले सिंहलाई निर्वाचन कार्यालयमा प्रवेश गर्न नदिने भन्दै बाटो अवरुद्ध गरेपछि प्रहरीसँग सामान्य झडप भएको हो । सिंहसँगै जनमतका पूर्वमन्त्री त्रिभुवन साह पनि सनाखतका लागि निर्वाचन कार्यालय पुगेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *