सर्लाही, ३० असाेज । जनमत पार्टी विभाजनविरूद्ध अध्यक्ष सिके राउतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

जनमतका उपाध्यक्ष रहेका दीपककुमार साहले केही दिनअघि पार्टी फुटाएर जनस्वराज पार्टी गठन गरेका थिए । 

जनमतमा असन्तुष्ट पक्षले अर्को पार्टी गठन गरेपछि अध्यक्ष राउतले पेस गरेको रिटलाई बिहीबार सर्वोच्च अदलतले दायर गरेको छ । 

शुक्रबारलाई उक्त मुद्दाको पेसी तोकिएको छ । राउतले निर्वाचन आयोगलाई विपक्षी बनाएको छ ।

पार्टीको नीति विपरीत काम गरेको भन्दै राउतले साहलाई निष्कासन गरेका थिए ।

निर्वाचन आयोगले पनि असोज २८ गते विभाजन भई बनेको जनस्वराज पार्टीलाई मान्यता दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *