सर्लाही, ३० असाेज । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्ने भएको छ । नोट छपाइ कार्यका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन छनोट भएको हो ।

राष्ट्र बैंकले प्रतिस्पर्धा (बोलकबोल)मार्फत उक्त कम्पनीलाई छनोट गरेको हो । 

४२ करोड नोट डिजाइन, छपाइ, आपूर्ति तथा डेलिभरी गर्न एक करोड चार लाख २२ हजार ५३५ अमेरिकी डलर अर्थात् एक अर्ब ४७ करोड ७७ लाख रुपैयाँभन्दा बढी भुक्तानी गर्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *