सर्लाही, ०२ कार्त्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फागुन २१ मा चुनाव गराउने पक्षमै नरहेको दाबी गरेका छन्। आज पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारले दलहरूलाई चुनावमा भाग लिनै नदिन खोजेकोसमेत उनले बताए । ‘फागुन २१ मा चुनाव गर्ने, राजनीतिक दलहरूसँग संवाद नगर्ने, निषेध गर्ने, दमन गर्ने अनि फागुन २१ मा चुनाव हुन्छ रे । यो चुनाव हुनेवाला छैन । त्यसैले हामीले संसद् पुनर्स्थापना भनेका हौँ,’ उनले भने । 

सरकारले फागुन २१ मै चुनाव हुन्छ भनेर जनतालाई ढाँटेको जिकिर गरे । शान्तिसुरक्षा कायम नभएसम्म चुनाव हुनै नसक्ने बताए। अपराधीहरू हतियारसहित फरार भएकाले जनताले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था रहेको वेलामा चुनावको कल्पनासमेत गर्न नसकिने बताएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *