सर्लाही, ०३ कार्त्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको जस्तै अवस्था रहिरहे आफू पुन: प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन् ।
आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
‘‘यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि त । यो किन सहने रु,’ ओलीले भनेका छन्, ‘अनि फेरि पनि यो अरूबाट नहुने रहेछ भनेर यस्तो अराजकता चल्छ रु भन्ने कुरा आउँछ ।’
उनले हलमा उपस्थित सम्पादकहरूले समेत मेसो नपाएको र अलि पनि सम्पादकीय नै लेखेर आफूलाई बोलाउने बताए ।
‘तपाईँहरूले अहिले त अलि मेलो पाउनुभएको छैन । तर, तपाईँहरूले सम्पादकीय लेखेर भन्नुहुन्छ, ल्याऔँ केपी ओलीलाई भनेर,’ ओलीले भनेका छन् ।
