सर्लाही, ०५ कार्त्तिक । भारत सरकारले नेपाललाई ८१ वटा बस सहयोग गरेको छ। पछिल्लो बाढी प्रभावित क्षाेत्रहरूँगै सातै प्रदेशका विभिन्न जिल्लाका विद्यालयलाई हुने गरी ८१ वटा बस सहयोग गरेको भारतीय राजदूतावासले जनाएको छ ।
दूट्टावासले नेपाल र भारतबीच लामो समयदेखि विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै उपहारस्वरुप विद्यालय बसहरू सहयोग गरेको जनाएको छ ।
‘भारत सरकारले भारत र नेपालबीचको लामो समयदेखिको विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै कोशी प्रदेशका बाढी प्रभावित इलाम, झापा र उदयपुर जिल्लाहरूका साथै नेपालका सातै प्रदेशका हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, बैतडी र अछाम जस्ता दूरदराजका जिल्लाहरू सहित ४८ जिल्लाहरूमा अवस्थित विभिन्न शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कुल बसहरू उपहार स्वरूप प्रदान गरेको छ,’ दूतावासले भनेको छ, ‘विगत तीन दशकमा भारतले नेपालका संस्थाहरूलाई ३८१ वटा स्कुल बसहरू प्रदान गरेको छ ।’
