काठमाडौं, ०६ कार्त्तिक । इजराइलले गाजापछि अब वेस्ट बैंक माथि कब्जा गर्ने भएको छ। इजराइली संसद्ले वेस्ट बैंक कब्जा गर्नका लागि एउटा विधेयकलाई अनुमोदन गरेको छ ।

इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको लिकुड पार्टी को विरोधका बाबजुद, संसद्का १२० सांसदमध्ये २५-२४ को झिनो अन्तरले यो विधेयकलाई अगाडि बढाउने निर्णय गरिएको हो ।

यो विधेयक दक्षिणपन्थी नोआम पार्टीका नेता अवी माओजद्वारा प्रस्तुत गरिएको थियो। नेतान्याहूको गठबन्धनका केही सदस्यहरू, जस्तै राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन-ग्विइर र अर्थमन्त्री बेजालेल स्मोट्रिचले विधेयकको पक्षमा मतदान गरे ।

रिपोर्टअनुसार नेतान्याहू यस निर्णयको विरोधमा थिए किनभने यो विधेयक अहिले नै पारित भएमा राष्ट्रपति ट्रम्पसँगको सम्बन्ध बिग्रन सक्छ भन्ने उनलाई डर थियो । ट्रम्पले हालसालै इजराइललाई वेस्ट बैंक कब्जा गर्ने अनुमति नदिइने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *