सर्लाही, ०६ कार्त्तिक । रुपन्देहीको गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा बुधबार दुर्गा मूर्ति विसर्जनका क्रममा ३ युवाको डुबेर मृत्यु भएको छ ।
मृतकहरू मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा दिउँसो करिब ३ बजे मूर्ति विसर्जनका लागि पुगेका उनीहरू विसर्जनका क्रममा बेपत्ता भएका थिए ।
प्रहरी र स्थानीय बासिन्दाले खोजीकार्य थालेपछि करिब २०० मिटर तल तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको समयमा छठ पर्वको तयारी भइरहेका बेला यो दुःखद दुर्घटना भएको हो। दुर्घटनापछि सूर्यपुरा र मायादेवी क्षेत्र शोकमग्न बनेको छ ।
