काठमाडौं, ०६ कार्त्तिक । भारत र अमेरिकाबीच चाँडै नै व्यापार सम्झौता हुने सम्भावना बढेको छ । एक रिपोर्टअनुसार भारतका छानिएका वस्तुहरूमा लाग्ने ५० प्रतिशत भन्सार शुल्क घटेर १५ प्रतिशतसम्म हुन सक्छ ।

व्यापार सम्झौतासँग जोडिएका स्रोतहरूका अनुसार ऊर्जा र कृषि क्षेत्र वार्ताको टेबुलमा सबैभन्दा महत्त्वपूर्ण छन् । भारतले यी क्षेत्रहरूमा केही छुट दिन सक्छ ।

अमेरिकी वार्ताकारहरूले दाबी गरेअनुसार, भारतले बिस्तारै रूसी कच्चा तेलको खरिदमा कमी ल्याउन सक्छ । साथै, अमेरिकाबाट नन्-जीएम (जेनेटिकल्ली मोडिफाइड नगरिएको) मकै र सोयामिलको लागि बजार खोल्न सक्छ ।

तीव्र रूपमा बढेको घरेलु पोल्ट्री, डेरी र इथेनोल उद्योगमा अमेरिकी उत्पादनहरू खपत हुने भारतको विश्वास छ र यसले भारतीय किसानहरूको हितलाई प्रभावित पार्ने छैन । हाल भारतले वार्षिक रूपमा करिब ५ लाख टन मकै अमेरिकाबाट आयात गर्छ ।

भारतमा पनिर बेच्न चाहन्छ अमेरिका

रिपोर्टअनुसार भारतले अमेरिकी पक्षलाई नन्-जीएम मकैमा हालको १५ प्रतिशत करलाई कम नगरिने स्पष्ट रूपमा बताइसकेको छ ।

अमेरिका भारतमा प्रिमियम चिज (पनिर) लाई पनि प्रवेश दिनका लागि दबाब दिइरहेको छ, तर भारत यसमा हाल सहमत छैन ।

ट्रम्पले भारतमाथि अप्रिलमा २५ प्रतिशत र फेरि रूसबाट कच्चा तेल लिएकोमा २५ प्रतिशत जरिवाना लगाएर कुल ५० प्रतिशत भन्सार शुल्क लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *