सर्लाही, ०६ कार्त्तिक । सर्लाही प्रहरीले पाँच किलो भन्दा बढी लागूऔषध गाजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हिजो बिहान करिब १० बजे कौडेना गाउँपालिका – २ फुलपरासीस्थित हुलाकी सडक खण्डमा चेकजाँचका क्रममा प्रहरीले उक्त लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले सुखचैनाबाट फुलपरासीतर्फ जाँदै गरेको बी आर ०७ एजी – ८१०२ नम्बरको मोटरसाइकललाई शंका लागि रोकि जाँच गर्दा सिट मुनि प्लास्टिकमा प्याक गरिएको ५ किलो ३०० ग्राम लागूऔषध गाँजा फेला परेको थियो ।
उक्त मोटरसाइकल चालक कौडेना गाउँपालिका – १ सुन्दरपुरका १८ वर्षीय दिप नारायण ठाकुर र पछाडि सवार सोहि ठाउँ बस्ने ३० वर्षीय लोजा बैठालाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखेर थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
