सर्लाही, ०७ कार्त्तिक । काठमाडौँको स्वयम्भूबाट प्रहरीले स्रोत नखुलेको नगद र सुन सहित दुई जनालाई पक्राउ गरेको छ । ६९ लाख ८५ हजार नगद सहित एक जना चिनियाँ र एक जना नेपाली नागरिक बिहीबार बिहान पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिका घर भएकी २२ वर्षीया रोजिना सुनार छिन् । 

स्वयम्भु सानोभर्‍याङ स्थित सरिता महर्जनको घरमा उनीहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनाहरू समेत बरामद गरेको छ । 

नेकलेस २ थान, झुम्का २ थान, बाला ४ थान, औंठी ३ थान र शिरबन्दी १ थान बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

आरोपीहरूको डेराबाट प्रहरीले आईफोन र म्याकबुक पनि बरामद गरेको छ । उनीहरूबारे प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *