सर्लाही, ०८ कार्त्तिक । महोत्तरीको गौशालामा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाको अनुसार गौशाला नगरपालिका–५, माछा बजार क्षेत्रमा एक पुरुषको शव फेला परेको हो ।

स्थानीयले शनिबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउना प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको इप्रका इन्चार्ज इन्स्पेक्टर रमेश लामाले बताउनुभयो । उहाँले फेला परेको शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठाको रहेको जानकारी दिनुभयो ।

स्थानीयका अनुसार, मृतक बैठा करिब ३–४ वर्षदेखि गौशालास्थित विभिन्न होटलहरूमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए । केही समयदेखि उनी ज्वरो आएर स्वास्थ्य समस्याबाट पीडित रहेको थियो ।

अत्यधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको हुन सक्ने आशङ्का प्रहरीले गरे पनि शव परीक्षण पश्चात मात्र केही ठोस कारण भन्न सकिने प्रनि लामाले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *