सर्लाही, ०८ कार्त्तिक । तिहार र छठ पर्वलाई लक्षित गर्दै सर्लाहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चाडपर्वको समयमा हुन सक्ने हत्या, हिंसा, अपहरण, चोरी, डकैती, पाकेटमारी र लुटपाटजस्ता अवाञ्छित घटना रोकथामका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा संयुक्त गस्ती सञ्चालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले चक्रघट्टा गाउँपालिका, कौडेना गाउँपालिका र मलंगवा नगरपालिका क्षेत्रमा पैदल तथा सवारी गस्ती सञ्चालन गरिरहेको छ ।

यद्यपि सुरक्षा कडाइका बीच पनि जिल्लामा चोरीका घटना बढिरहेका छन् । सर्लाहीमा एकैदिन चार वटा मोटरसाइकल चोरी भएको छ । साथै, सदरमुकाम मलंगवामा राति हुने चोरीका घटनामा समेत वृद्धि भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *