सर्लाही, १७ कार्त्तिक । जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभागले भोलि(मंगलबार) र कात्तिक १९ गते बुधबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ । विभागले आज सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

विभागले अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

रातीको समयमा भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *