सर्लाही, १७ कार्त्तिक । सप्तरीमा स्रोत नखुलेको २३ लाख रुपैयाँसहित २ जना युवक पक्राउ परेका छन् ।

सुरूङगा नगरपालिका–२ स्थित सडकबाट स्रोत नखुलेको नगद २३ लाख रुपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका–५ बस्ने २८ वर्षीय किरण सिटौला र १९ वर्षीय धिरज प्रसाइ रहेका छन् ।

इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बा.प्रदेश ०१–०२८ च ५००८ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक किरण र गाडीमा सवार धिरजलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *