सर्लाही, १७ कार्त्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौंका प्रहरी कार्यालयहरूको निरीक्षण गरेका छन् । सोमबार बालाजु वृत्त, कालिमाटी वृत्त र थापाथली ट्राफिक प्रभागमा पुगेर अनुगमन गरी त्यहाँको समस्याबारे जानकारी लिएका छन् । 

थापाथली प्रभाग त्यही जून आइतबार काठमाडौं महानगरपालिकाले भत्काउने प्रयास गरेको थियो । पछि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले पत्र लेखेपछि महानगरको प्रहरी रोकिएको थियो ।

गुठीको जग्गामा त्यहाँ प्रहरी प्रभाग छ । गुठीले आफुहरुलाई दिएको जग्गामा भवन बनेको प्रहरीले जनाएको छ । महानगरले भने सम्पदा क्षेत्रमा त्यस्तो भवन राख्न नपाइने भन्दै भत्काउने प्रयास गरेको हो । सो प्रभागमा एक सय ट्राफिक प्रहरी कार्यारत छन्। 

निरीक्षणपछि गृहमन्त्रीले स्रोत साधनको समस्या समाधानका लागि प्रयास भइरहेको बताउँदै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *