सर्लाही, १७ कार्त्तिक । सरकारले गठनपछिको समग्र कामको समीक्षा गर्न लागेको छ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरू, मुख्यसचिव र सचिवहरूलाई सहभागी गराई आज बैठक बोलाएकी हुन् ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १ बजे बस्ने उक्त बैठकमा केही दिनअघि मन्त्रालयहरूबाट माग गरिएको तत्काल कार्यान्वयनयोग्य कार्ययोजनाबारे विस्तृत छलफल हुने प्रशासन स्रोतले जनाएको छ ।
सो बैठकपछि मन्त्रिपरिषद्को बैठक समेत बस्ने तयारी रहेको सिंहदरवार प्रशासन विशेष ब्यूरो स्रोतले जानकारी दिएको छ ।
