सर्लाही, २० कार्त्तिक । जेनजी प्रदर्शन हुँदा काठमाडौँ उपत्यकाको सुरक्षामा परिचालित प्रहरी कर्मचारीको विवरण जाँचबुझ आयोगमा पठाइएको छ । एक चरणको विवरण प्राप्त भएको आयोगका सदस्य विज्ञानराज शर्माले रातोपाटीलाई बताए ।

शर्माका अनुसार काठमाडौँ उपत्यकामा खटिएका प्रहरी कर्मचारीको विवरण प्रहरी प्रधान कार्यालयले आयोगमा पठाएको हो । बिहीबारबाट फिल्डमा खटिएका प्रहरी कर्मचारीको बयान लिइँदैछ ।

भदौ २३ मा नयाँबानेश्वर र माइतीघर क्षेत्रमा खटिएका प्रहरीको बयान लिइँदैछ ।

यसअघि आयोगले नख्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयान लिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *