सर्लाही, २३ कार्त्तिक । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन’ नवीन योजना सुरु भएको छ । यो सेवा लिने ग्राहकले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बिमा एकैसाथ पाउने भएका छन् ।
नेपालमै पहिलोपटक सुरु भएको यो सेवाअन्तर्गत एनसेलका ग्राहकले दुई विशेष प्याकेजमध्ये कुनै एक रोजेर बिमाको फाइदा लिन सक्छन्, जसमा डेटा प्रयोगसँगै बिमा सुविधा पनि प्राप्त हुने बताइएको छ ।
दुई प्याकेजमा पहिलोमा करसहित ९९ रुपैयाँको प्याक रहेको छ । तीन दिनको समयसीमा रहेको यो प्याकमा ग्राहकले १०० एमबी डेटा, दुई लाखबराबरको म्यादी जीवन बिमा र दुई लाखबराबरकै घातक रोग बिमा सुविधा प्राप्त गर्नेछन् ।
यो बिमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहनेछ ।
त्यसैगरी ३९ रुपैयाँकोे प्याकमा ग्राहकले तीन दिनका लागि १०० एमबी डेटा, ५० हजारबराबरको म्यादी जीवन बिमा र सोहीबराबरको घातक रोग बिमा पाउनेछन् ।
यो बिमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहनेछ ।
