सर्लाही, २४ कार्त्तिक । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले जलेश्वनाथ महादेव मन्दिरमा पूजापाठ गरेका छन्। सोमबार बिहान मुख्यमन्त्री पदको शपथ लिएका यादवले जलेश्वर पुगेर महादेव मन्दिरको दर्शन गरी पूजापाठ गरेका हुन् ।

मुख्यमन्त्री यादव महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (१) बाट निर्वाचित भएका हुन्। मन्दिर परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले संघीयता–संघीयता भनेर चिच्याउनेहरूले नै संघीयता समाप्त गर्न खोजिरहेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *