सर्लाही, २४ कार्त्तिक । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच यही कात्तिक २६ गते एकता हुने भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपालसहितका नेतासँगको छलफलपछि नेता रावल नेकपामा जोडिन तयार भएका हुन् ।
आगामी बुधबार राष्ट्रिय सभागृहमा नेकपा र रावत नेतृत्वको अभियानबीच एकता घोषणाको कार्यक्रम तय भएको नेकपाका नेता अग्नी सापकोटाले जानकारी दिए ।
एमालेका पूर्वउपाध्यक्ष र पूर्वगृहमन्त्रीसमेत रहेका रावलले आइतबार मात्रै प्रचण्ड र माधवकुमार नेपालसँग छलफल गरेका थिए ।
नेकपामा नेता रावलको वरियता र जिम्मेवारीको विषयमा छलफल भइरहेको सापकोटाले बताए ।
‘उहाँसँग एकता निश्चित भयो। बरियतासहितका विषयमा छलफल चलिरहेको छ,’ सापकोटाले भने ।
