सर्लाही, २४ कार्त्तिक । जेन जेड आन्दोलनका क्रममा गत २४ भदौमा भएको विभिन्न जिल्लाका निर्वाचन कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो । त्यसबाट पाँच करोड ७४ लाख बराबरको क्षति भएको निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय इलाममा सवारी साधन लगायत कार्यालयका सामानहरूमा क्षति भएको छ । जसबाट ८१ लाख ९३ हजार ८११ रुपैयाँ बराबरको क्षति हुन पुगेको छ ।

मोरङ कार्यालयको झ्यालका सिसा फुटाएको र सामानहरू जलाएको छ । जहाँ १७ लाख ४२ हजार पाँच सय बराबरको क्षति भएको छ ।

सप्तरी कार्यालयमा मोटरसाइकल, कार्यालयका सामान, कागजात र मेसिन औजार जलेको छ । यहाँ एक करोड ४७ हजार ४९९ को क्षति भएको विवरण छ ।

काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा सवारी साधनको सिसा फुटेको छ । जहाँ ५० हजारको क्षति भएको छ ।

चितवन कार्यालयमा सवारी साधन लगायत कार्यालयका सबै सामानमा आगलागी भएको छ । २ करोड, ३१ लाख १ हजार २७० रुपैयाँ बराबरको क्षति भएको ट ।

कास्की कार्यालयमा चारपाङ्ग्रे सवारीसाधन जलेको छ । मोटरसाइकल तोडफोड भएको र झ्यालको सिसा र कुर्सी तोडफोड भएको छ । यहाँ ७३ लाख ४० हजारको क्षति भएको छ ।

तनहुँ कार्यालयमा बोलेरो जीप तोडफोड भएको छ । ३ लाख ५० हजारको क्षति भएको छ ।

दाङमा चारपाङ्ग्रे सवारी साधन पूर्ण क्षति भएको छ । कार्यालय सामानमा क्षति भएको छ । ५१ लाख ७१ हजार ४१ रुपैयाँ बराबरको क्षति भएको छ ।

डडेलधुरामा कार्यालय भवन तोडफोड भएको छ । चारपाङ्ग्रे सवारी साधन क्षति भएको छ । २ ओटा मोटरसाइकल जलेको छ । कार्यालय सामानहरू तोडफोड भएको छ । यसबाट १४ लाख ४ हजार बराबरको क्षति भएको छ ।

आयोगको केन्द्रीय कार्यालयमा भने एउटा मोटरसाइकल क्षति भएको छ । तीन लाख बराबरको क्षति भएको छ ।

सबैतिर गरेर पाँच करोड ७४ लाख बराबरको क्षति भएको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *