सर्लाही, २४ कार्त्तिक । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरस्थित चेकपोइन्टमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयकी डिएसपी रुपा लाबुगं जानकारी दिएकी छन् ।
पक्राउ पर्नेमा सर्लाही, लालबन्दी–१६ का बुद्ध सिंह वाइबा र सर्लाही, हरिवन–३ का सरिन योन्जन रहेका छन् । उनीहरूका झोलाबाट प्रहरीले १३० पिस ट्रामोल बरामद गरेको प्रहरीले जनाएको छ ।
डिएसपी लाबुगंका अनुसार चेकजाँचका क्रममा शंकास्पद देखिएपछि तलासी लिँदा अवैध रूपमा राखिएको ट्रामोल फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका व्यक्तिमाथि लागू औषध (व्यवस्थापन) सम्बन्धी ऐन अन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
