सर्लाही, २४ कार्त्तिक । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर कानुनी परामर्शमा जुटेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मानिकट नेताहरू कानुनी परामर्शमा जुटेका हुन् ।
आनन्द ईभेन्स भिमसेनगोलामा केही बेरमा अन्तरक्रिया सुरु हुँदैछ । कांग्रेसमा विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर पार्टीमा बुझाइसकेका छन् । तर संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिको हस्ताक्षरमाथि नै प्रश्न उठाएपछि महामन्त्री थापा पक्षले कानुनी परामर्श थालेको हो ।
संस्थापन पक्ष फागुन २१ को चुनावअघि नियमित र विशेष कुनै महाधिवेशन सम्भव नहुने अडानमा छ। यसबारेमा कांग्रेसको जारी बैठकमा चर्को विवाद छ ।
पुस २९ भित्र नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वयको अडान छ। त्यसमा इतर पक्षका नेता डा. शेखर कोइरालाको पनि साथ छ ।
